+
+

वैदेशिक रोजगारीको कथामा शिव परियारले ल्याए ‘आमा’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १३:४४

काठमाडौं । गायक शिव परियारले नयाँ गीत ‘आमा’ ल्याएका छन् । वैदेशिक रोजगारीका कारण चाडबाडमा घर फर्किन नपाएको भावको गीतमा अभि सुनारको शब्द तथा संगीत छ । गीतलाई पूर्ण संयोग र सञ्जीव बराइलीले एरेन्ज गरेका छन् ।

पर्ख है दुई चार साल मै फर्की आउँछु

साहूको ऋण तिरेर घरको धुरी टालेर

त्यो मुहारमा खुसी ल्याउँछु

गायक शिव परियारले दशैं नजिकिंदै जाँदा आम नेपालीको मनोविज्ञान बोकेको यो गीत सार्वजनिक गरेको बताए । ‘आफू र परिवारको सुखद् भविष्यको सपनामा विदेशमा श्रम गर्न जान बाध्य सम्पूर्ण सहृदयी नेपालीको घर फर्किएर आमासँग खुसी ल्याएर आउँछु भन्ने सपनाको गीतको रुपमा यसलाई मैले समर्पण गरेको छु,’ उनले अनलाइनखबरसँग भने ।

गीतको भिडियोमा स्टुडियोमा ब्यान्ड सहितको दृश्य देखाइएको छ । गीतमा शिव लगायत वाद्यवादकहरु फिचर्ड छन् । भिडियो छायांकन, सम्पादन तथा निर्देशक विवेक विकले गरेका हुन् । भिडियोका निर्माता शिव स्वयं हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?