+
+

दीपिका पादुकोण र रणवीर सिंहलाई पुत्रीलाभ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १४:०३

काठमाडौं । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहलाई पहिलो सन्तान लाभ भएको छ । उनीहरुको घरमा छोरीको आगमन भएको छ । गणेश चतुर्थीको एक दिनपछि दीप-वीर जोडीले पुत्रीलाभ गरेको हो ।

व्यथाले च्यापेपछि दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । यसअघि ६ सेप्टेम्बरमा दीपिका बाप्पाको दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेकी थिइन् । दीपिकाले यसैवर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत गर्भावस्थाको घोषणा गरेकी थिइन् ।

शुक्रबार दिउँसो दीपिका श्रीमान् रणवीरसँग सिद्धिविनायक मन्दिर पुगेकी थिइन् । यस क्रममा दीपिका हरियो साडीमा देखिएकी थिइन् । रणवीर कुर्ता–पाजामामा देखिएका थिए । यस अवसरमा दुवैका परिवारको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?