+
+

गाई मारेको आरोपमा भुटानी शरणार्थी शिविर बस्ने तीन व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १४:००

२३ भदौ, काठमाडौं । झापाको दमक नगरपालिका–१ मा गाई चोरी गरेर मारेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ४४ वर्षीय प्रेमबहादुर विष्ट, ३८ वर्षीय खगेन्द्र दुलाल, ३२ वर्षीय विधान थापा र दमक–४ बस्ने गीता श्रेष्ठ छिन् ।

जिल्ल प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार, शरणार्थी शिविरमा बस्ने तिनै जना यसअघि विभिन्न मुद्दामा कारबाही भोगिसकेका व्यक्तिहरु हुन् ।

विष्टलाई चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा चलेको थियो भने दुलालविरुद्ध जिल्ला प्रहरी कार्यालय, झापाबाट जबरजस्ती करणी र इलाका प्रहरी कार्यालय, दमकबाट पुशपंक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।

थापाविरुद्ध सार्वजनिक अपराध सम्बन्धी मुद्दा चलेको थियो । डीएसपी चन्दका अनुसार उनीहरुले लक्षुमण विष्टको घरमा रहेको गाई १८ भदौमा गोठबाटै चोरी गरेका थिए । त्यसपछि करिब एक सय मिटर पूर्वतर्फ रहेको प्लट्रिमा बन्चरो प्रहार गरेर मारेको अनुसन्धानबाट खुलेको उनले बताए ।

पक्राउ परेका चारै जनाविरुद्ध पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा प्रक्रिया अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?