+
+

काठमाडौं नदी किनारका बस्ती जोगाउन एकीकृत समाजवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १४:४५

२३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका नदी किनार बस्तीको पक्षमा उभिने बताएका छन् ।

सर्वोच्च अदालतको फैसलाबाट जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको अध्यक्ष नेपालले बताए । एकीकृत समाजवादीका काठमाडौं अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुर अध्यक्ष हरिकृष्ण थापा र ललितपुर अध्यक्ष श्याम बस्नेत सहितको टोलीले सर्वोच्चको आदेशबारे पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका थिए ।

उक्त टोलीले ध्यानाकर्षण गराउँदा अध्यक्ष नेपालसँगै वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरु जगनाथ खतिवडा र गंगालाल तुलाधार र महासचिव घनश्याम भूसाल सहित नेताहरु उपस्थिति थिए ।

शीर्ष नेताहरु राखेरै अध्यक्ष नेपालले सर्वोच्चको फैसला सच्याउन आवश्यक गतिविधि पार्टीले सञ्चालन गर्ने बताएका छन् । ‘हामी अदालतको आदेशको विपक्षमा र जनताको पक्षमा उभिने निष्कर्षमा छौं । त्यसो हुँदा अन्तरक्रिया गर्ने, दबाव कार्यक्रम गर्नेजस्ता गतिविधि गरिन्छ’ उपाध्यक्ष खतिवडाले भने ।

अदालतले काठमाडौंका नदी किनारका ४० मिटर क्षेत्रमा निर्माण निषेध गर्नेगरी आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?