+

एन्फा महिला लिगमा कोशी प्रदेशको लगातार तेस्रो जित

२०८१ भदौ  २३ गते १५:०१ २०८१ भदौ २३ गते १५:०१
एन्फा महिला लिगमा कोशी प्रदेशको लगातार तेस्रो जित

२३ भदौ, काठमाडौं। एन्फा महिला लिग फुटबलमा कोक्की प्रदेशले आइतबार कर्णाली प्रदेशलाई ४-० ले पराजित गरेको छ । जारी लिगमा कोशी प्रदेशको यो लगातार तेस्रो जित हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा कोशीका लागि र्णिमा राईले दुई तथा समिक्षा मगर र प्रतिक्षा राईले एक-एक गोल गरे ।

पुर्णिमाले खेलको ३४औं मिनेटमा गोल गर्दै कोशीलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक गोल मात्र गरेको कोशीले दोस्रो हाफमा तीन गोल थप्यो ।

समीक्षाले ६६औं मिनेटमा गोल गर्दै कोशीको अग्रता दोब्बर पारिन् । पुर्णिमाले ७१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने प्रतिक्षाले ७४औं मिनेटमा गोल थपिन् ।

लगातार तेस्रो जितबाट ९ अंक जोडेको कोशी शीर्ष स्थानमा आसिन छ ।

कोशीले यसअघि पहिलो खेलमा वालिङ नगरपालिकालाई ४-० ले पराजित गरेको थियो भने दोस्रो बागमती युथ क्लबलाई २-१ ले पराजित गरेको थियो ।

कर्णालीको भने यो दोस्रो हार हो । तीन खेलबाट कर्णालीको १ अंक मात्र छ ।

फोटो: एन्फा

एन्फा महिला लिग कोशी प्रदेश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय