+
+

पदभार सम्हाल्दै पर्यटन बोर्ड सीईओ जोशीले भने : युद्धस्तरमा काम गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १५:२४

२३ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) दीपकराज जोशीले पदभार ग्रहण गरेका छन् । दोस्रो कार्यकालका लागि उनले बोर्डको नेतृत्व सम्हालेका हुन् ।

उनले सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिने र युद्धस्तरमा काम गर्ने बताए ।

पदभार ग्रहणपछि अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने, ‘चुनौती धेरै छन्, यसैलाई अवसर मानेर काम गर्नेछु ।’

बोर्डको आन्तरिक व्यवस्थापनमा धेरै समस्या आइसकेको सुनेको भन्दै त्यसलाई सच्याउँदै आक्रामक पर्यटन प्रवर्द्धनमा बढी केन्द्रित हुनुपर्ने अवस्था रहेको उनले बताए ।

होटल/रिसोर्टमा निरन्तर लगानी बढे पनि त्यसका लागि आवश्यक पर्यटक आगमन नभएको भन्दै उनले यसमा धेरै काम गर्नुपर्ने देखिएको बताए ।

सरकार र निजी क्षेत्रबीच समन्वय गरी सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलको असली अभ्यासलाई पुनः सक्रिय गराउने उनले बताए ।

उनले आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृत्ति विकास लगायत कार्य प्राथमिकतामा रहने बताए ।

कुनै पूर्वाग्रह नराखी काम गर्ने भन्दै उनले नयाँ परिवेशमा नयाँ सोच र चिन्तनका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

बोर्ड कार्यकारी समितिको २० भदौमा बसेको बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?