+
+

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १६:१६
फाइल तस्वीर

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा डाकेका छन् ।

कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार डाकेको जानकारी गराइएको छ । ‘भेटघाट भएपछि कोशीको बारेमा मात्रै कुरा हुँदैन । अरु अरु विषयमा पनि कुरा आइहाल्छ ।’ बालुवाटार स्रोतले भन्यो । छलफलका लागि ४:३० बजेको समय तोकिएको छ ।

कांग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । कांग्रेसको भागमा चार मन्त्री परेका छन् । पार्टीभित्रका समूहको भागवण्डा मिलाउन नसक्दा कांग्रेसले सूची बुझाउन सकेको छैन । कोशी सरकारबाट माओवादी केन्द्र ११ साउनमा बाहिरिएको थियो ।

दुई दलबीचको छलफलमा गृहमन्त्री रमेश लेखक पनि बोलाइएको छ । गृहमन्त्री लेखकले आज नै प्रधानमन्त्री ओलीसँग प्रहरी र शसस्त्र प्रहरी विधेयक बारे छलफल गर्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?