+
+

३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १९:३०

२३ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।

३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जाकारी दिए ।

३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।

अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। तर केसीले सजाय भुक्तान गरेका थिएनन् । लामो समयदेखि प्रहरीको फरार सूचीमा भए पनि उनी पक्राउ परेका थिएनन् ।

उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?