+
+

एमाले मधेशका नेताहरुलाई अनुशासनको प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १६:३७

२३ भदौ, काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशका नेताहरुलाई अनुशासनको प्रशिक्षण दिएको छ ।

बर्दिबासमा आयोजित अनुशासनसम्बन्धी प्रशिक्षणमा केन्द्रीय सदस्यहरु, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरु, आठै जिल्लाका अध्यक्षहरु, आयोगका सदस्यहरु सहभागी थिए ।

प्रदेश कमिटी सचिव मनोज पौडेलका अनुसार केन्द्रीय अनुशासन आयोगको तालिका अनुसार मधेश प्रदेशका नेताहरुलाई अनुशासनको प्रशिक्षण दिइएको हो ।

प्रशिक्षण दिन आयोगका केन्द्रीय अध्यक्ष केशव बडाल, प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, ज्वालाकुमारी साह लगाायत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?