+
+

स्वास्थ्य जाँचका लागि माओवादी नेता पुन चीन प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १६:५६

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन् ।

पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीमगरसहित उपमहासचिव पुन दिउँसो १२ बजे चीन प्रस्थान गरेका हुन् । एअर चाइनाको उडान नम्बर ४३८ मार्फत उपमहासचिव पुन चीन उडेका छन् ।

‘नियमित फलोअपका लागि जानुभएको हो । २५ गते फर्कनु हुन्छ’, पुनको सचिवालय स्रोतले भन्यो । वंशाणुगत जण्डिसको समस्या देखिएका उपमहासचिव पुनले यसअघि पनि चीनमा उपचार गराउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?