
२३ भदौ, काठमाडौं । उद्योग व्यवसायमा सुरक्षा र स्वास्थ्यसम्बन्धी जागरण बढाउन पदयात्रा कार्यक्रम आयोजना गरिएको छ ।
उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने सुरक्षा र स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालनामा जागरण बढाउन आइतबार ललितपुरमा पदयात्रा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
नेपाल हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार वर्षेनि हुने मानवीय क्षति कम गर्न मापदण्ड पालनासम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको हो ।
हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनबीच सन् २०१९ मा आपसी समझदारी भई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिएको छ ।
कार्यक्रम अघि बढाउने क्रममा झन्डै १ हजार ५०० जनालाई व्यावसायिक सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरिएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4