+
+

टप १० ब्रोकर कम्पनीमार्फत कति भयो किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १७:१२

२३ भदौ, काठमाडौं । आइतबार १० अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरुको हिस्सा ३८ प्रतिशत रह्यो । टप १० ब्रोकर कम्पनीमार्फत मात्रै आइतबार ३ अर्ब ९१ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा ३ अर्ब ७५ करोड रुपैयाँको बिक्री भयो ।

टप १० ब्रोकर कम्पनीमध्ये यस दिन ६ कम्पनीमार्फत खरिद धेरै भएको छ भने ४ कम्पनीमार्फत बिक्री धेरै भएको छ । नासा, भिजन, सनी, लिन्च, एबीसी र भृकुटीमार्फत खरिद धेरै भएको छ । त्यस्तै इम्पेरियल, अनलाइन, आर्यतारा र डायनामिकमार्फत बिक्री धेरै भएको छ । यस दिन नासामार्फत १ अर्बमाथिको खरिद र १ अर्बमाथिको बिक्री भएको छ ।

यी ब्रोकर कम्पनीमार्फत ग्रीनलाइफ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, मध्यभोटेकोशी, निफ्रा, एक्सल डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स, अपी पावर, युनाइटेड अजोड इन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावरको कारोबार उच्च देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?