+
+

चट्याङ लागेर मोरङमा बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १७:२७

२३ भदाै, विराटनगर । चट्याङ लागेर मोरङमा एक बालकको मृत्यु भएको छ भने बालिका घाइते भएकी छन् ।

आइतबार दिउँसो खेलिरहेको अवस्थामा चट्याङ् पर्दा सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार राजाबुलको घर पछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका बेला दिउँसो २ बजेतिर चट्याङ परेको थियो ।

चट्याङ लागेर घाइते बालिकाको अवस्था भने सामान्य छ । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?