+
+

वीरगञ्जको गोदाममा सशस्त्र प्रहरीको छापा, करिब २० लाख बराबरको सामा बरामद 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १७:२८

२३ भदौ, पर्सा । सशस्त्र प्रहरीले पर्साको वीरगञ्जस्थित तीन वटा गोदामलगायत विभिन्न इलाकाबाट करिब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गोदाममा छापामारी ७ लाख ८० हजार ४ सय ३० रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको हो ।

खुश्बु चकलेट उद्योगको गोदाममा भण्डारण गरी राखेको ३ लाख ६ हजार ६ सय ३० रुपैयाँको चकलेट, चिनी र बोरा सिलाउने तथा जोख्ने मेसिनहरु र सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको ४ लाख ७३ हजार ८ सय रुपैयाँको काजु, खजुर, बदाम, विस्कुट, अजिर र किसमिसका सामान बरामद गरेको शसस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

उनका अनुसार सोही महानगरपालिका–८ मिनाबजारस्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा अबैध रुपमा भण्डारण गरी राखिएको २ लाख ७० हजार १ सय ७० रुपैयाँको आलु र प्याज समेत बरामद भएको छ ।

यसैगरी भाद्र २३ गते सोही महानगरपालिका–१० स्थित आदर्शनगरबाट ९ लाख ४५ हजार ६ सय रुपैयाँ बराबरको काजु, मरिच र टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।

ना २ ह ५९६ नम्बरको टेम्पोमा लोड गरिएको सो सामानसहित बारा जिल्लाको विश्रामपुर गाउँपालिका–२ बैरैनिया बस्ने २५ बर्षिय बिनोद कुश्वाहालाई प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको डीएसपी थापाको भनाइ छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले यस अघिपनि सो क्षेत्रका विभिन्न गोदाममा छापामारी करोडौँ रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ । नियन्त्रणमा लिइएको अटो र बरामद सामान वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?