+
+

५ जिल्लामा ६ मुद्दा खेपिरहेका कैदीको उपचारका क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १७:४५

२३ भदौ, विराटनगर । मोरङ कारागारमा रहेका एक कैदीको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको आइतबार बिहान मृत्यु भएको हो ।

जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार तामाङविरुद्ध पाँच वटा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । एउटा मुद्दा भने किनारा लागेको थियो ।

खुट्टा सुन्निने र मुटु सम्बन्धी समस्या भएका उनलाई उपचारका लागि २० भदौको साँझ कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

मोटरसाइकल चोरीको आरोप लागेका तामाङविरुद्ध मोरङ, झापा, सुनसरी, इलाम र धनकुटामा चोरीको कसूरमा मुद्दा विचाराधीन थियो ।

मोरङ जिल्ला अदालतमा दर्ता भएको दुई मुद्दामध्ये एउटा मुद्दामा ४ महिना कैद र १५ हजार रूपैयाँ र अर्को मुद्दामा १ लाख रूपैयाँ धरौटी माग भएको थियो । धरौटीबापतको रकम बुझाउन नसकेपछि तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?