+
+

सिरहाबाट २९० किलो अवैध गाँजासहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १७:४९

२३ भदौ, जकपुरधाम। सिरहाको कर्जन्हा नगरपालिकाबाट २९० किलो गाँजासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ११ का ३७ वर्षीय प्रदीप मुखिया छन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार आज दिउँसो गाउँकी शोभाकुमारी साहको घरपछाडि गाँजा लुकाइ छिपाई राखिएको गोप्य सूचनाको आधारमा प्रहरीले आज छापा मारेर नियन्त्रणमा लिएको हो ।

प्लास्टिकको १९ वटा पोकामा अन्दाजी २९० किलोग्राम गाँजा बरामद गरेको डिएसपी सापकोटाले बताए ।

पक्राउ परेका मुखियालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?