+
+

लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी जवान नै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १७:५४

२३ भदौ, काठमाडौं । सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिकमा भएको चोरीमा प्रहरीकै संलग्नता देखिएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरले घटनामा संलग्न रहेको आरोपमा प्रहरी जवान डम्मलाल पाध्यायसहित खोटाङको दिक्तेल–११ का प्रकाश भनिने विकास श्रेष्ठ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का गुन्दास भनिने मनोज भुजेललाई पक्राउ गरेको छ ।

उनीहरुले २९ साउनको दिउँसो साढे १२ बजेतिर विमानस्थलबाट गोदावरीतर्फ जाँदै गरेको ट्याक्सी रोकेर लुटपाट गरेका थिए ।

त्यसक्रममा उनीहरुले दुई वटा आईफोन–१५ दुई थान, सामसुङका दुई वटा फोन, एउटा एप्पलको ल्यापटप, गेम बक्स, दुई वटा सिक्री लगायत लगेको पीडितको भनाइ छ ।

घटनामा संलग्न भएको आरोप लागेका एक जना अझै फरार छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ एसपी काजीकुमार आचार्य । थप अनुसन्धान र मुद्दा दर्ता प्रक्रियाका लागि कार्यालयले उनीहरुलाई प्रहरी वृत्त, सातदोबाटो पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?