+

अध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचित

२०८१ भदौ  २३ गते १८:३५ २०८१ भदौ २३ गते १८:३५
अध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचित

२३ भदौ, काठमाडौं। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित भएका छन् । यस्तै उनी ओसीएको स्पोर्टस एन्ड इनभारोमेन्ट कमिटीको अध्यक्षमा पनि चिर्वाचित भएका हुन् ।

ओसीएको भारतीय राजधानी नयाँ दिल्ली स्थिति भारत मण्डपमा भएको ४४ औं साधारण सभामा अध्यक्ष श्रेष्ठ कार्यकारणी कमिटीको सदस्य तथा स्पोर्टस एन्ड इनभारोमेन्ट कमिटीको अध्यक्षमा चुनिएका हुन् ।

त्यस साधारण सभामा ओसीएको अध्यक्षमा राजा रणधीर सिं पनि निर्वाचित भएका छन् । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले साधारण सभाको निर्वाचन मण्डलको सदस्यका रूपमा भूमिका निभाएका थिए ।

जीवनराम श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय