+
+

सबै हवाई दुर्घटना जाँच आयोगका प्रतिवेदन अध्ययन गर्न समिति बनाउने तयारी 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १८:४७
फाइल तस्वीर

२३ भदौ, काठमाडौं । सरकारले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने भएको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झनामा आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यस्तो जानकारी गराएका हुन् ।

न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्ने उनले बताए ।

‘हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलग-अलग अध्ययन र अनुसन्धान भएका छन्,  तिनीहरूलाई एकीकृत गरी राख्नु पर्ने छ,’ उनले भने ।

उनले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको भन्दै प्रतिवेदन सत्य, तथ्य नजिक पुगेको बताए ।

मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको जानकारी दिए । उनले यो विधेयक मन्त्रिपरिषद् मार्फत संसदमा पेस गरिने बताए ।

उनले दुर्घटनाका पीडितले पाउनु पर्ने बीमाका विषयमा बीमा सम्बन्धि ऐन निर्माण गर्नु पर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको बताए । हवाई ऐनलाई समेत समय सापेक्ष हुने गरि परिमार्जन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?