+
+

बालुवा तस्करीमा मनोहरा खोलाबाट ८ वटा मिनी टिपर नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १९:०२

२३ भदौ, काठमाडौं। प्रहरीले बालुवा तस्करी गरेको भन्‍दै मनोहरा खोलाबाट ८ वटा मिनी टिपर नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका–३२ जडिबुटी बैंक्वेट पछाडिको मनोहरा खोला किनारको बालुवा तस्करीमा प्रयोग भएको ८ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले ८ वटा मिनी टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । बा २ ख ८९३७, बा ३ ख ८४१, बा ३ ख ९४६१, बा २ क ९११ नम्बरको रातो प्लेटको मिनी टिपर, बा २ ख ७१७१, बा छ ख २४१६, बा २ ख ८०६५ र बा २ ख २६९१ नम्बरको मिनी टिपर प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार बिहान सवा ३ बजेतिर बालुवा लोड गर्दै गरेको अवस्थामा आरोपमा महोनरा नदी किनारमा प्रहरी पुगेको थियो । त्यसपछि चालकहरु टिपर छाडेर फरार भएको वृत्तका डीएसपी शिवराज बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?