+
+

नक्कली प्रमाणपत्र बनाएको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १९:१८

२३ भदौ, काठमाडौं। डीभी परेपछि कक्षा १२ पासको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएकी ३२ वर्षीया गोमा पाण्डे, सर्लाहीको लालबन्दी नगरपालिका–१० घर भएका २८ वर्षीय अनिलकुमार महतो, झापाको अर्जुनधारा नगरपालिका–८ घर भएका ५० वर्षीय गोपालप्रसाद घिमिरे र संखुवासभाको खाँदबारी नगरपालिका–९ घर भएका ४३ वर्षीय सुवा ढकाल छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेपछि काठमाडौंस्थित अमेरिकन दूतावासले प्रहरीलाई पत्राचार गर्दै घटनाबारे जानकारी गराएको थियो । त्यसपछि २१ भदौमा उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

पक्राउ परेकाहरुलाई लिखतसम्बन्धी कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?