+

टाइम्स ए र रिभोल्ट ए लाई थ्री एक्स थ्री बास्केटबलको उपाधि

२०८१ भदौ  २३ गते १९:२४ २०८१ भदौ २३ गते १९:२४
टाइम्स ए र रिभोल्ट ए लाई थ्री एक्स थ्री बास्केटबलको उपाधि

२३ भदौ, काठमाडौं । टाइम्स ए र रिभोल्ट ए ले श्री ‘थ्री एक्स थ्री’ बास्केटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेको सेमिकभर्डहलमा आइतबार भएको पुरुषतर्फको फाइनलमा टाइम्स ए ले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई २१-१७ ले हराउँदै च्याम्पियन बनेको हो ।

यस्तै महिलातर्फ रिभोल्ट ए ले हाउण्ड्सलाई ११-९ ले हरायो ।

श्री एअरलाइन्सको आयोजना र नेपाल बास्केटबलको संघको सहयोगमा राष्ट्रिय महिला बास्केटबल टिमले व्यवस्थापन गरेको प्रतियोगिता कर्पोरेटतर्फ इजी सर्भिसले जित्यो । फाइनलम इजी सर्भिसले बीएस धौवलागिरीलाई १४-११ ले हरायो ।

पुरुषतर्फ श्रेयांस बहादुर शाह तथा महिलातर्फ छिरिङ चोकी शेर्पा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै कर्पोरेटतर्फ प्रविन गुरागाईँ मोस्ट भ्यालुएबल प्लेअर बने ।

दुई दिने प्रतियोगितामा पुरुषतर्फ १४, महिलातर्फ ८ र कर्पोरेटतर्फ ८ टिमको सहभागिता थियो ।

विजेता खेलाडीहरुलाई नाइन सेभेन सेभेन, पोशिलो फुड्स तथा ग्लामोर हेयरको तर्फबाट गिफ्टह्याम्फर प्रदान गरिएको थियो ।

थ्री एक्स थ्री बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय