+

एन्फा महिला लिगमा पुलिसको दोस्रो जित

२०८१ भदौ  २३ गते १९:२६ २०८१ भदौ २३ गते १९:२६
एन्फा महिला लिगमा पुलिसको दोस्रो जित

२३ भदौ, काठमाडौं । नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा आइतबार बागमती युथ क्लबलाई १-० ले पराजित गरेको छ ।

निर्मला उपाध्यायले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा पुलिसले जारी लिगमा दोस्रो जित हात पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसका लागि निर्मला उपाध्यायले ६५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसपछि थप गोल हुन सकेन ।

त्यसअघि खेलको १८औं मिनेटमा पुलिसका कप्तान निरु थापा पेनाल्टीमा चुक्दा अग्रता लिने सुनौलो अवसर गुमाएको थियो । निरुको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

लगातार दोस्रो जितपछि तीन खेलबाट ७ अंक जोडेको पुलिस दोस्रो स्थानमा कायम छ । पहिलो खेलमा एपीएफसँग गोलरहित बराबरी खेलेको पुलिसले  दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ९-० ले पराजित गरेको थियो ।

यता लगातार दोस्रो हार व्यहोरेको बागमतीको तीन खेलबाट ३ अंक मात्र छ । बागमतीले यसअघि पहिलो खेलमासुदूरश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको थियो भने कोशी प्रदेशसँग २-१ ले पराजित भएको थियो ।

आइतबारै भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ४-० ले हराउदै लगातार तेस्रो जित हात पारेको थियो । कोशी ९ अंक जोडेर शीर्ष स्थानमा छ ।

एन्फा महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय