+
+

प्रधानन्यायाधीशका लागि ८ न्यायाधीशको सूची संवैधानिक परिषदमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १९:४०

२३ भदौं, काठमाडौं । न्यायपरिषदले प्रधानन्यायाधीशका लागि योग्य न्यायाधीशहरुको सूची संवैधानिक परिषदको सचिवालयमा पठाएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १९ असोजमा ६५ वर्षे उमेरहदका कारण अवकाश हुने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदले योग्यता पुगेकाहरुको सूची पठाएको हो ।

नेपालको संविधानमा ३ वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने व्यवस्था छ । त्यही आधारमा सर्वोच्च अदालतमा ३ वर्ष न्यायाधीश भइसकेकाहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल, डा. नहकुल सुवेदीको नाम परिषदको सचिवालयमा पठाएको हो ।

यी मध्ये न्यायाधीश ढुंगाना भने कात्तिकको पहिलो साता अवकाश हुँदैछन् । अहिलेसम्मको अभ्यास अनुसार, संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्दै आएको छ ।

त्यो अभ्यास कायम रहेमा न्यायाधीश राउत प्रधानन्यायाधीशमा सिफारिस हुनेछन् । उनको नाम अनुमोदन भएमा उनले करिब १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् । प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?