+
+

असोजदेखि पार्टी प्रवेश अभियान चलाउने राप्रपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते २१:०१

२३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोजदेखि पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले स्वेदेशका साथै प्रवासमा समेत पार्टी र पार्टीको एजेण्डाप्रति आकर्षण देखिएको निष्कर्ष निकालेको छ । यसलाई संगठनको दायरामा ल्याउन पार्टी प्रवेश अभियान चलाउने र २०८१ लाई पार्टी प्रवेशको वर्षका रुपमा मनाउन राप्रपाको निर्णय छ ।

बैठकले केन्द्रीय निर्वाचन समितिलाई पूर्ण दिएको छ भने आफ्नै कार्यालय भवन चाबहिलमा बनाउने निर्णय गरेको छ ।

यसका लागि आर्थिक विभागका प्रमुख दिनेश श्रेष्ठको नेतृत्वमा भवन निर्माण समिति गठन गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?