+
+

खाजा समय आधा घण्टाभन्दा बढी नराख्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते २१:१९

२३ भदौ, काठमाडौं । सरकारले सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

१२ पुस २०८० को मन्त्रिपरिषदको निर्णयअनुसार २९ माघ २०८०मा प्रकाशित राजपत्रले सबै सरकारी कार्यालयको खाजा सयम तोकेकाले त्यसअनुसासर नै गर्न पत्रमा भनिएको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार तोकिएको खाजा समयबारे सूचना सूचनापाटीमा टाँस्ने र अन्य समयका सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था गर्न सम्बिन्धकत कार्याएलय प्रमुखले मिलाउनुपर्ने परिपत्रमा उल्लेख छ ।

पत्रमा अनुगमनका क्रममा कतिपय निकायमा खाजा समय तोकिएभन्दा बढी निर्धारण गरिएको र खाजा समय पालना नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मन्त्रालय र अन्तरगतका निकायमा तोकिएअनुसार खाजा समयको परिपालना गर्न पत्रमा भनिएको छ ।

सरकारले सार्वजनिक विदाबारे हरेक वर्ष प्रकाशित गर्ने राजपत्रमा यसअघि सरकारी कार्यालयको सेवामा बाधा नपर्ने गरी आलोपालो मिलाएर सम्बन्धित कार्यालयले आधा घण्टाका लागि खाजा समय तोक्ने व्यवस्था गर्थ्यो ।

तर, गतवर्षदेखि सरकारले १ः३० देखि २ः ०० बजेसम्म खाजा समय उल्लेख गरेपनि आलोपालो मिलाउने कुरा उल्लेख गरेन । यसकै कारण सरकारी कार्यालयहरुले खाजा समयमा कर्मचारीहरुबीच आलोपालो मिलाउनेतर्फ ध्यान दिएका छैनन् ।

सेवाग्राहीलाई कार्यकक्षमा कुराइहने, तर कर्मचारी भने क्यान्टिनमा अलमलिएर बस्ने अवस्था छ । सरकारी कार्यालयमा मात्रै हैन, सरकारी अस्पतालसहितका स्वास्थ्य संस्था, सैवैधानिक आयोग र सरकारी संस्थानमा समेत यस्तै छ ।
कतिपय सरकारी कार्यालयले १ घण्टाको खाजा समय तय गर्ने गर्दा सेवाग्राही मारमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?