+

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

२०८१ भदौ  २४ गते ८:०२ २०८१ भदौ २४ गते ८:०२
रोनाल्डोको गोलमा पोर्चुगल विजयी

२४ भदौ, काठमाडौं । यूईएफए नेसन्स लिग लिग ए अन्तर्गत समूह एकको खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ ले पराजित गरेको छ ।

क्रिस्टियानो रोनाल्डोले ८८औं मिनेटमा निर्णायक गोल गरेपछि पोर्चुगलले स्कटल्याण्डविरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो ।

खेलको सातौं मिनेटमै स्कट म्याकटोमिनेले गोल गर्दै स्कटल्याण्डलाई पहिले अग्रता दिलाएका थिए । तर, त्यो अग्रता कायम राख्न सकेन ।

५४औं मिनेटमा पोर्चुगलका ब्रुनो फर्नान्डेजले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि रोनाल्डोले खेल सकिन दुई मिनेट अगाडि निर्णायक गोल गरेका हुन् ।

लगातार दुई खेल जितेको पोर्चुगल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यसै समूहको अर्को खेलमा क्रोएसियाले पोल्याण्डलाई १-० ले पराजित गरेको छ । क्रोएसियाका लागि लुका मोडरिचले एक मात्र गोल गरे ।

पहिलो जितपछि क्रोएसिया ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । ३ अंक नै भए पनि गोल अन्तरमा पछि पर्दै पोल्याण्ड तेस्रो स्थानमा छ ।

पोर्चुगल यूईएफए नेसन्स लिग रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय