+

फाबियन रुइजको २ गोलमा स्पेनको सहज जित

२०८१ भदौ  २४ गते ८:०८ २०८१ भदौ २४ गते ८:०८
फाबियन रुइजको २ गोलमा स्पेनको सहज जित

२४ चैत, काठमाडौं । फिबयन रुइजले दुई गोल गरेपछि दश खेलाडीमा समेटिएको स्पेनले यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह चारमा स्विट्जरल्याण्डलाई ४-१ ले पराजित गरेको छ ।

स्पेनको जितमा जोसेलु र फेरान टोरेसले पनि एक/एक गोल गरे । नेसन्स लिगमा स्पेनको पहिलो जित हो ।

यसअघि पहिलो खेलमा स्पेनले सर्वियासँग गोलरहित बराबरी खेलेको थियो ।

स्पेनको जितमा खेलको चौथो मिनेटमै जोसेलुले गोल गर्दै अग्तरा दिलाए भने १३औं मिनेटमा रुइजले अग्रता दोब्बर पारे ।

२०औं मिनेटमा स्पेनका डिफेन्डर रोबिन लो नोर्मान्डले रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटियो ।

त्यसको फाइदा उठाउँदै स्विट्जरल्यान्डका जेकी अमडोनीले ४१औं मिनेटमा गोल गरेर गोल अन्तर कम पारे ।

तर, स्पेनले एक खेलाडी कम हुँदा पनि खासै असर परेन । ७७औं मिनेटमा फाबियन रुइजले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३-१ को अग्रता बनायो । त्यसपछि फेरान टोरेसले ८०औं मिनेटमा गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।

जितपछि स्पेन दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ । अर्को खेलमा सर्वियालाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको डेनमार्क ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

यूईएफए नेसन्स लिग स्पेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय