+
+

पद्मश्री साहित्य पुरस्कार कृष्ण गौतमको अद्वैतलाई, पवन चामलिङलाई पद्मश्री साधना सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते ८:१६
प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ र सिक्किम राज्यका पूर्वमुख्यमन्त्री पवन कुमार चामलिङ

२४ भदौ, काठमाडौं । २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले अद्वैतलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुन् । उनका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

गौतमको उपन्यास ‘अद्वैत’लाई यसअघि ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार, २०८०’ प्रदान गरिएको थियो । चितवनको कविडाँडा साहित्य समाजले एक लाख २५ हजार नगद र कदरपत्रसहित पुरस्कार प्रदान गरेको हो ।

यसैगरी पद्मश्री साधना सम्मान साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । चामलिङ भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री हुन् ।

यस्तै पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई अर्पण गर्ने प्रतिष्ठानले जनाएको छ ।

यी पुरस्कारहरुको राशी जनही ३ लाख नगद तथा सम्मान पत्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?