+

सकियो पारालिम्पिक, २१९ पदकसहित चीन पहिलो

२०८१ भदौ  २४ गते ९:०७ २०८१ भदौ २४ गते ९:०७
सकियो पारालिम्पिक, २१९ पदकसहित चीन पहिलो

२४ भदौ, काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित पारालिम्पिक समापन भएको छ । आइतबार राति अबेर पेरिसमा भव्य समापन समारोह आयोजना गरियो । समापन समारोहमा विश्व चर्चित कलाकारहरु र खेलाडीहरुले प्रस्तुती दिए ।

यस वर्षको पारालिम्पिक नेपालका लागि ऐतिहासिक रह्यो । नेपालले पहिलोपटक एउटा पदक जित्न सफल भयो । तेक्वान्दोको के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशा गोबर्धनले कांस्य पदक जितिन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पदक तालिकामा पहिलो स्थान चीनको रह्यो । चीनले ९४ स्वर्ण, ७५ रजत र ५० कांस्यसहित कुल २१९ पदक जित्न सफल भयो ।

दोस्रो भएको बेलायतले ४९ स्वर्ण, ४४ रजत र ३१ कांस्यसहित कुल १२४ पदक जित्यो । अमेरिकाले ३६ स्वर्ण, ४२ रजत र २७ कांस्यसहित १०५ र नेदरल्याण्ड्सले २७ स्वर्ण, १७ रजत र १२ कांस्यससहित ५६ पदक जितेर क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।

यसैगरी क्रमश: ब्राजिल, इटली, युक्रेन, फ्रान्स, अष्ट्रेलिया र जापान क्रमशः टप टेनमा स्थान बनाउन सफल भए ।

नेपाल ७९औं स्थानमा रहेको छ । यही स्थानमा पाकिस्तान, भियतनाम, मोरिसस, मोन्टेनेग्रो, लक्जम्बर्ग र लिथुआनिया पनि छन् ।

पारालिम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय