+
+

ब्राउन सुगरसहित सुर्खेतमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते ९:०७

२४ भदौ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–३ का २६ वर्षीय भुवन भण्डारी र बराहाताल गाउँपालिका–९ का  २८ वर्षीय चन्द्र बहादुर बुढाथोकी छन् ।

उनीहरूको साथबाट १८ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित १० हजार नौ सय बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

डीएसपी विश्वकर्माका अनुसार उनीहरूलाई आइतबार बेलुका वीरेन्द्रनगर–८ क्याम्पस रोडबाट नियन्त्रणमा लिइएको हो । क्याम्पस रोड क्षेत्रमा लागु औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?