+
+

प्रहरी ऐन संशोधनका लागि गृहमन्त्रीद्वारा सुझाव संकलन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते ११:४८

२४ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणका लागि सुझाव लिएका छन् ।

गृहमन्त्री लेखकले सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीलाई मन्त्रालयमा बोलाएर सुझाव लिएका हुन् ।

विधेयकको मस्यौदाबारे आइतबार दिउँसो सुरक्षा अधिकारीसँग गरेपछि गृहमन्त्री लेखकले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरेका थिए ।

प्रहरी ऐन संशोधनका लागि बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित छलफल भएको थियो ।

बालुवाटारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधन गर्ने विधेयकमा सकारात्मक र परिणाममूखि छलफल भएको गृहमन्त्री लेखकले बताए ।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक राय-पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

प्रहरीको विधेयक दुई साताअघि नै पठाइएकोमा सशस्त्र प्रहरीको पनि बिहीबार पठाइएको छ ।

साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरीसम्बन्धी विधेयकको समस्यौदा टुंग्याउनअघि गृहमन्त्री लेखकले उच्च अधिकारीको राय सुन्नु भएको थियो ।

गृहमन्त्री लेखकले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्वप्रमुखहरूको पनि राय-सुझाव सुनेका थिए ।

यस्तै सशस्त्र प्रहरीको विधेयकको मस्यौदा टुंगो लगाउनुअघि गृहमन्त्री रमेश लेखक आफैं सशस्त्र प्रहरी मुख्यालय पुगेर उच्च अधिकारीको राय लिएका थिए ।

गृहमन्त्री लेखकले मन्त्री भएको १०० दिनभित्र प्रहरी ऐनलाई संसदमा लैजाने लक्ष्य राखेका थिए । अर्थबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने र मन्त्रिपरिषदमा लैजाने गृहमन्त्री लेखकको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?