+
+

इथानोल उत्पादन कुनै ‘रकेट साइन्स’ होइन : कार्यकारी निर्देशक भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते ११:४७

२४ भदौ, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताएका छन् । पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बने पनि विविध कारण विलम्ब हुन गएकोमा पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको उनले बताए ।

इथानोल उत्पादन र प्रयोगका सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउनुपर्नेमा उद्योग विभागले त्यससम्बन्धी कार्यविधिका लागि स्वीकृति दिइसकेको उनले बताए । ‘अब केही समयमै इथानोल उत्पादनमा जान्छ । यो कुनै रकेट साइन्स होइन,’ उनले भने, ‘इथानोल प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धन खपत घटाउन सहयोग पुग्छ ।’

इथानोल उत्पादनमा धेरै उद्योग तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले भनाइ छ । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनले बताए ।

सन् २०२० मा नै पेट्रोलियम पदार्थ खपत हराएर जाने भनिए पनि अझै ठूलो माग रहेको उल्लेख गर्दै भट्टले यो थप अगाडि जाने र पेट्रोलियम पदार्थ खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्ने बताए ।

अझ नेपाल जस्तो पेट्रोलियम पदार्थ उत्पादन नहुने देशले त इथानोल उत्पादन र मिश्रणमा जोड दिनुपर्ने उनको सुझाव छ । ‘राज्यले नीति बनाइसकेको छ, इथानोल मिश्रणको निर्णय गरिसकेको छ, हामी उत्पादनमा जान्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?