+
+

बक्स अफिसमा जोडिन भन्दै बोर्डले काट्यो १८ सिनेमा हललाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १२:२१
फाइल तस्वीर

काठमाडौं । चलचित्र विकास शुल्कको बक्यौता तिर्न र बक्स अफिसमा जडान तथा अद्यावधिक गर्न भन्दै चलचित्र विकास बोर्डले काठमाडौं उपत्यका बाहिरका १८ हललाई पत्र काटेको छ ।

बोर्ड अध्यक्ष दिनेशराज दाहाल (दिनेश डीसी)ले अन्तिम पटकको लागि भन्दै गत साता ताकेता सहितको पत्र काटेका हुन् ।

लमजुङको अन्नपूर्ण चलचित्र मन्दिर, मलगंवाको पुष्प टाकिज, विराटनगरको विराट सिनेमा, धनकुटाको सीबी सिनेमा, महेन्द्रनगरको सेती महाकाली टाकिज, सिरहाको बुद्ध सिनेमा, परासीको म्याङ्गो प्लेजर, हेटौंडाको नारायणी मल आचार्य प्लाजा, बुटवलको ब्लुमुन इन्टरटेनमेन्टलाई पत्र काटिएको छ ।

यस्तै आशा चलचित्र मन्दिर जनकपुर, जोशी टाकिज कैलाली, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर, हेटौंडाको ओमेक्स चलचित्र मन्दिर, दाङको भीएफएक्स सिनेमाज् प्रालि, पोखराको हिमाज जादुज, विराटनगरको हिमालय टाकिज, बुटवलको द्वारिका उदय सिनेमा र वीरगञ्जको बजरंगी पिक्चर्स प्रालिलाई पत्र काटिएको छ ।

बोर्डबाट पटक-पटक लिखित र मौलिक जानकारी गराउँदा पनि यसअघि बेवास्ता गरिएकाले यसपटक अनुरोध नमाने कानुन बमोजिम कारवाही गर्ने चेतावनी पनि बोर्डले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?