+
+

बाबुछोरीको कथामा फिल्म ‘रंगी’ बनाउँदै सलोन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १२:४७

काठमाडौं । बाबुछोरीको कथामा अभिनेता सलोन बस्नेतले फिल्म ‘रंगी’ निर्माण गर्ने भएका छन् । सोमबार फिल्मको टिजर पोस्टर सार्वजनिक गर्दै उनले सलोन बस्नेत फिल्म्स प्रालिको ब्यानरमा फिल्म बनाउन लागेको जनाए ।

फिल्ममा बाबुको भूमिकामा सलोनले अभिनय गर्नेछन् भने छोरीको रोलका लागि सोमबार अडिसन आयोजना गरिएको छ । फिल्मको छायांकन असोज दोस्रो सातादेखि गर्ने तयारी छ ।

फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन् । निर्देशक न्यौपानेसँग फिल्म ‘छक्कापञ्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।

सलोन र सुरेशबीच ‘ए मेरो हजुर २’ को छायांकनको क्रममा भेट भएको थियो । फागुनमा आगामी फिल्म ‘युनिभर्सिटिज अफ गुण्डाज’ छायांकनअघि सलोन ‘रंगी’को निर्माणमा जुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?