
काठमाडौं । गायक योगेश्वर अमात्य दशकपछि गायनमा फर्किएका छन् । उनको नयाँ सांगीतिक भिडियो ‘कुनै दिन’ केही दिनअघि युट्युबमा सार्वजनिक भएको छ ।
सरोज बास्तोलाले रचेको यो गीतमा ओमविक्रम विष्टको संगीत छ । ओमविक्रमले २०५१ सालमै आफ्नो आवाजमा रेकर्ड गराएको यो गीत सार्वजनिक भने भएको थिएन । गीतलाई पुन: एरेन्ज गरेर योगेश्वरले आफ्नो स्वरमा रेकर्ड गराएका हुन् ।
काठमाडौंको दरबारमार्गमा आयोजित समारोहमा अमात्यले गीतको म्युजिक भिडियो आफ्ना नजिकका प्रतिष्ठित व्यक्तित्व, मिडिया पर्सनालिटी, गीत र भिडियो टिमको उपस्थितिमा सार्वजनिक गरे ।
योगेश्वरका ‘जब सन्ध्या हुन्छ,’ ‘लैजा चरी,’ ‘सिन्धुली गढी,’ ‘म मरे पनि मेरो देश,’ ‘मलाई प्यारो लाग्छ’ जस्ता गीत लोकप्रिय छन् । म्युजिक भिडियोमा प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकास लामिछानेले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4