+
+

भरतपुरमा बीएससी सीएसआईटी पढाइ हुने ‘ड्रिम्स कलेज’ सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १३:१६

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-९ हाकिम चोकमा सुविधा सम्पन्न ड्रिम्स कलेज सञ्चालनमा आएको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ड्रिम्स कलेज हाकिमचोक स्थित टीआर कम्लेक्समा सञ्चालनमा आएको हो ।

कलेजले यस वर्षदेखि स्नातक तहमा बीएससी सीएसआईटी संकायको कार्यक्रम सञ्चालन हुने कलेजका प्रिन्सिपल ई. दिवस मैनालीले जानकारी दिए ।

उनका अनुसार कलेजले व्यावहारिक, सैद्धान्तिक तथा विश्वव्यापीकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिएर कक्षा सञ्चालन गर्ने छ ।

सो संकायको कार्यक्रमबाट विद्यार्थीहरूलाई पूर्ण रूपमा योग्य, सक्षम र सफल बनाउने कलेजका प्रिन्सिपल मैनालीले बताए ।

उनका अनुसार कलेजमा विद्यार्थी अनुकूल वातावरणमा अध्यापन गराइने छ । कलेजले सो संकायमा ४२ जना विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन प्राप्त गरेको उनले बताए ।

२८ भदौसम्म प्रवेश परीक्षाका लागि आवेदन दिन सक्ने र ३० भदौमा प्रवेश परीक्षा सञ्चालन हुने कलेजले जनाएको छ ।

कक्षा १२ मा विज्ञान विषय लिएर कम्तीमा `सी´ ग्रेड वा ५० प्रतिशत अंक सहित उत्तीर्ण भएका विद्यार्थीले मात्रै सो कार्यक्रममा भाग लिन पाउने कलेजले जनाएको छ ।

चितवन र नवलपुरका विद्यार्थीलाई लक्षित गरी कलेज सञ्चालनमा ल्याएको मैनालीले बताए । विद्यार्थीका लागि कलेजले सुविधायुक्त यातायातको समेत व्यवस्था गरेको छ ।

कलेजले पहिलो वर्ष १ करोड बराबरको छात्रावृत्ति प्रदान गर्ने जनाएको छ।

ड्रिम्स कलेज सञ्चालनमा आएसँगै आईटी अध्ययनका लागि उत्कृष्ट कलेज खोज्दै काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने कलेजको दाबी छ ।

बीएससी सीएसआईटी कार्यक्रमले कम्प्युटर प्रोग्रामिङ, वेब डिजाइन, डेटा संरचना, अल्गोरिदम, सफ्टवेयर इन्जिनियरिङ, नेटवर्किङ, डाटाबेस म्यानेजमेन्ट, एआई, साइबर सेक्युरिटी र क्लाउड कम्प्युटिङ जस्ता क्षेत्रहरू समेट्ने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?