+
+

बद्री र सिन्धु अस्ट्रेलियाको सांगीतिक टुरमा, सँगै गाउन जुरेन ‘ससुरालीमा’

राजन घिमिरे राजन घिमिरे
२०८१ भदौ २४ गते १४:०५

‘ससुरालीमा ख्याल-ख्यालमै

दिल बस्यो कान्छी सालीमा

नआऊ भेना दिनदिनै भेट्न

मैले पनि पर्ला नि लखेट्न

ससुरालीमा’

सम्भवत: लामो समयदेखि सर्वाधिक सुनिएमध्ये पर्छ यो लोकदोहोरी गीत । दुई दशकअघि सार्वजनिक भएको यो गीतले बद्री पंगेनी र सिन्धु मल्ललाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित नै गरायो ।

हालै अस्ट्रेलियामा बद्री र सिन्धुले यो गीत मार्फत नेपालीलाई झुमाए, तर एकै स्टेजमा होइन । फरक-फरक आयोजक मार्फत अस्ट्रेलियाको सांगीतिक टुरमा आएका उनीहरुले सबैजसो सहरमा भएका कन्सर्टमा यो गीत गाए । यसरी लोकप्रिय गीत गाइरहँदा युवा नेपाली विद्यार्थीको बाक्लो उपस्थिति रहेको अस्ट्रेलिया झुम्यो । धेरै दर्शकले सिन्धु पनि अस्ट्रेलियामै भएकाले सँगै गीत सुन्ने धोको रहेको सुनाएका थिए ।

‘सिन्धुजी र मेरो आयोजक फरक भएकाले हामी एउटै स्टेजबाट गुन्जिन पाएनौं,’ बद्रीले भने । सिन्धुले पनि भनिन्, ‘हामीलाई चिनाउने यो गीत एकसाथ सुन्न धेरैले चाहना गर्नुभएको थियो । तर यस पटक मिलेन । आगामी दिनमा समयले साथ दिएमा हामी एउटै स्टेजबाट गुन्जिने छौं ।’

दुवैलाई एकसाथ सुन्न नपाए पनि एक साताको फरकमा भने सिड्नीको ग्रयानभिलस्थित फ्लेभर्स अफ नेपालले बद्री र सिन्धुलाई सम्मान  गरेको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका तर्फबाट सिन्धु मल्ललाई ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, एनएसडब्लु संयोजक विनोद कुँवर लगायतले सम्मानपत्र प्रदान गरे ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?