+
+

‘मेची-महाकाली उद्धार अभियान’मा आनी छोइङ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १४:४८
फाइल तस्वीर

काठमाडौं । गायनसँगै समाजसेवामा पनि आनी छोइङ डोल्माको सक्रियता उस्तै छ । देशविदेशको सांगीतिक टुरपछि आनी मेची-महाकाली उद्धार अभियान लिएर देश दौडाहामा निस्कँदैछिन् ।

असोज १५ गतेदेखि प्रधानमन्त्री निवास बालुवाटारबाट आनीको अभियान सुरु हुँदैछ । यो अभियान ४० दिनसम्म पूर्वदेखि पश्चिमसम्म चल्नेछ । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेसँगै सुरु हुने यो अभियानमा आनी सहित उनको टोली देशका विभिन्न भागमा पुग्नेछ ।

सामाजिक संस्था मानव सेवा आश्रमसँग मिलेर आनीले अभियान चलाउन लागेकी हुन् । अभियान अन्तर्गत अशक्त, अपांग, विपन्न, असहायलाई उद्धार गरी औषधोपचार गर्ने, जीविकोपार्जनमा सघाउने, मानिस भन्दा नभएर जनावरलाई पनि उद्धार गरेर औषधोपचार र स्याहार गर्ने उद्देश्य छ ।

गत वर्ष पनि मेची-महाकाली अभियानबाट धेरैजनालाई उद्धार गरेर नयाँ जीवन दिइएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेर सुरु भएको अभियानमा विशेषगरी उपचार, भोजन र आश्रयमा पनि मानिसलाई सघाइएको थियो ।

‘धेरैजनालाई यो अभियानमा सहभागिता जनाउन मेरो आग्रह छ । यो कामले सबैमा खुसीको लहर छाओस् भन्ने लागेको छ’ आनीले अनलाइनखबरसँग भनिन्,  ‘मान्छेलाई राम्रो खबर पढ्न पाएपनि कति खुसी लाग्छ । यो कुराले सबैको मनमस्तिष्कमा सकारात्मक प्रभाव पार्ने आशा लिएको छु ।’

अभियानमा जोशजाँगर बोकेका युवाहरु सहभागी भएको र यसबाट अभियानलाई सफल बनाउन आफूहरु उत्साहित रहेको आनीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?