+
+

५५ अंक घट्यो सेयर बजार, कारोबार खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १५:१०

२४ भदौ, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से सोमबार ५५.८६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४६ अंकमा कायम भएको छ । सोमबारको बजारमा दिनभरजसो बिक्री पक्ष हाबी बन्यो ।

२२ कम्पनीको मूल्य बढ्दा २२२ कम्पनीको घट्यो । बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन १० अर्ब १२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४३ करोडको भयो ।

सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ २.२८, विकास बैंक १.८७, फाइनान्स २.२७, होटल तथा पर्यटन २.६७, हाइड्रोपावर २.४४, जीवन बीमा २.४९, उत्पादन १.२५, लगानी ०.३४, माइक्रोफाइनान्स २.३३, निर्जीवन बीमा २.४५, अन्य १.८३ र व्यापार समूह ०.३५ प्रतिशत घटे ।

हाथवे इन्भेस्टमेन्ट कम्पनीको ८.९८, नेपाल वेयरहाउजिङको मूल्य ७.५९, इमर्जिङ नेपालको ६.३८, सीईडीबी हाइड्रोपावरको ६.२१, स्वरोजगार लघुवित्तको ५.८७ प्रतिशत मूल्य बढ्यो ।

उन्नति सहकार्य लघुवित्तको ७.७८, सिर्जनशील लघुवित्तको ७.०२, सपोर्ट माइक्रोफाइनान्सको ६.९७, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८५, युनिक नेपाल लघुवित्तको ६.५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, हिमालयन रिइनस्योरेन्स, हाथवे इन्भेस्टमेन्ट कम्पनी, एचआईडीसीएल संस्थापक र अपी पावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?