+
+

गेटामा तीन सय शय्याको अस्पताल सञ्चालनको माग गर्दै धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १५:३४

२४ भदौ, धनगढी। कैलालीको गेटामा तीन सय शय्या अस्पताल सञ्चालन गर्न माग गर्दै धर्ना दिइएको छ । शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सोमबार जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि एप्रोन लगाएर प्रदर्शन गरिएको हो ।

संघर्ष समितिले तत्काल मेडिकल अध्ययन तथा अध्यापनका लागि आवश्यक पर्ने कम्तिमा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न माग गरेको छ ।

संघर्ष समितिले देश भर २५ भन्दा बढी मेडिकल कलेज प्रतिष्ठान सञ्चालन भए पनि सुदूरपश्चिममा एउटा पनि नहुनुले राज्यको हेपाहा दृष्टिकोणले भएको ठहर पनि समितिले गरेको छ ।

संघीय संसदको अधिवेशनमा स्वास्थ्य, विज्ञान विश्व विद्यालय सम्बन्धी विधेयक पास गर्दै ६०० शय्याभन्दा बढीको अस्पताल सञ्चालनका लागि बनाइएका संरचनामा ५० शय्या सञ्चालन गर्नुले नै परियोजनालाई तुहाउने प्रयास भएको रूपमा बुझाइरहेको समेत उल्लेख गरिएको छ ।

संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारिमार्फत ज्ञापनपत्र बझाउदै तत्काल तीन शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?