+

एन्फा महिला लिगमा वालिङको लगातार दोस्रो जित

२०८१ भदौ  २४ गते १६:०० २०८१ भदौ २४ गते १६:००
एन्फा महिला लिगमा वालिङको लगातार दोस्रो जित

२४ भदौ, काठमाडौं । वालिङ नगरपालिका स्याङ्जाले एन्फा महिला लिगमा सोमबार संकटा फुटबल क्लबलाई १-० ले पराजित गरेको छ ।

विदेशी खेलाडी सिस्सी नानतोङ्गले पहिलो हाफमा गरेको एक मात्र गोल मद्दतमा वालिङले संकटालाई पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सिस्सीले ३९औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।

ज्याकलिनले विपक्षी खेलाडीलाई छलाउदै दिएको ब्याक पासमा सिस्सीले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी हुन् । त्यही गोलको मद्दतमा वालिङले पहिलो जित हात पार्दै ३ अंक जोड्न सफल भयो ।

पहिलो खेलमा कोशी प्रदेशसँग पराजित भएको वालिङले दोस्रो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।

जितपछि तीन खेलबाट ६ अंक जोडेको वालिङ अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । संकटाको भने यो दोस्रो हार हो र अझै पनि जितविहीन छ ।

संङ्कटाको तीन खेलबाट १ अंक मात्र छ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको संकटाले दोस्रो खेलमा चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको थियो ।

महिला लिग वालिङ नगरपालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय