+

यु-२० एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

२०८१ भदौ  २४ गते १६:१३ २०८१ भदौ २४ गते १६:१३
यु-२० एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

२४ भदौ, काठमाडौं । एएफसी यु-२० एसियन कप फुटबलको छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु मैदानमा साफ यु-२० च्याम्पियनसिप खेलेका टोलीमा ६ परिवर्तन गर्दै टोली घोषणा गरेका हुन् ।

साफ यु-२० च्याम्पियनसिपको टिममा रहेका १७ खेलाडी यथावत छन् भने विशाल केसी, मदन पौडेल, निनसाङ लिम्बु, जनप्रकाश बम, हरिशराजन भट्ट, रोहन खड्गी बाहिरिएका छन् । अमित टमाटा, निर्मल बल र दीपक थापा मगर, मिडफिल्डर प्रशान्त लक्सम तथा फरवार्ड धनसिंह विक र निमा वाङ्देल तामाङ टिममा परेका छन् ।

नेपाल एएफसी यु-२० एसियन कप छनोटको समूह बी मा छ । यस समूहमा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया छन् ।

नेपालले पहिलो खेल कम्बोडियासँग सेप्टेम्बर २१ मा खेल्नेछ । यस्तै चाइनिज ताइपेईसँग सेप्टेम्बर २३ मा, उज्वेकिसत्नसँग सेप्टेम्बर २५ र बहराइनसँग सेप्टेम्बर २७ मा खेल्नेछ ।

नेपाली टोली:

गोलकिपर : अमित टमाटा, जियारत सेख, कृशल मोक्तान

डिफेण्डर : आयुष तिम्सिना, अस्वीन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमेरे, सीमान्त थापा, दीपक थापा मगर

मिडफिल्डर : अविनाश स्याङ्तान, कुशल देउवा, लक्ष थापा, सरोज दर्लामी, प्रशान्त लक्सम

फरवार्ड : अनिल बम्जन, धन सिंह विक, धर्बेन्द्र कुँवर, निमा वाङ्देल तामाङ, निरज कार्की, समीर तामाङ, निराजन धामी

खेलकुद फुटबल यु-२० फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय