+
+

राजदूत सिफारिस समावेशी बनाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १६:२०

२४ भदौ, काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छन् ।

सरकारले पछिल्लो पटक १७ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठेको छ । सोमबार संसदीय सुनुवाइ समितिले यसबारे छलफल गर्न परराष्ट्र मन्त्री राणालाई बोलाएको थियो ।

छलफलमा मन्त्री राणाले दलित र मुस्लिम समुदायबाट खोजे पनि सम्भव नभएको बताइन् । साथै आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशी बनाउने प्रतिबद्धता जनाइन् ।

‘जति समावेशी हुनुपर्थ्यो, समानुपातिक हुनुपर्थ्यो त्यो हुनसकेको छैन भन्ने मलाई पनि लागेको छ’ उनले भनिन्, ‘यो कुरा मन्त्रिपरिषद्‌मा म अघि बढाउनेछु ।’

उनले निर्णायक पदहरुमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्नेमा समेत जोड दिइन् । मन्त्रिपरिषद्‍मा दुई जना महिला मात्र रहेको भन्दै उनले भनिन्, ‘यहाँ (राजदूत सिफारिस) पनि १७ जनामा दुई जना देखापर्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?