+

मलेसिया र कुवेत टी–२० विश्वकप एसिया इएपी फाइनलमा, हङकङ बाहिरियो

२०८१ भदौ  २४ गते १६:५१ २०८१ भदौ २४ गते १६:५१
मलेसिया र कुवेत टी–२० विश्वकप एसिया इएपी फाइनलमा, हङकङ बाहिरियो

२४ भदौं, काठमाडौं । मलेसिया र कुवेतले आइसीसी टी–२० विश्वकप एसिया इएपी फाइनल छनोटमा स्थान बनाएका छन् । आइसीसी टी–२० विश्वकप सब रिजनल एसिया क्वालिफायर ए बाट घरेलु टोली मलेसिया शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै २०२६ को विश्वकप खेल्नबाट एक कदम टाढा पुगेका हुन् ।

मलेसिया ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्ष स्थानमा रह्यो । कुवेत ६ खेलमा ४ मा जित, १ मा र १ खेल नतिजा विहीन हुँदा ९ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

फाइनल छनोटमा पुग्न निर्णायक मानिएको हङकङ र कुवेतबीचको खेल सोमबार खराब मौसमका कारण पूरा हुन सकेन । १४० रनको लक्ष्य पछ्याएको कुवेत ४ ओभरमा ११–२ को अवस्थामा रहँदा खराब मौसमको कारण पुन खेल हुन सकेन । दुबै टोलीले १–१ अंक बाड्दा नेटरनरेटका कारण कुवेत दोस्रो स्थानमा रहँदै छनोट भयो ।

हङकङ ६ खेलमा ४ मा जित र १ मा हार र १ खेलमा नतिजा विहीन बन्दै ९ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । कुवेतको नेटरनरेट ५.०५३ र हङकङको ४.९४५ रह्यो ।

आईसीसी टी–२० विश्वकप एसिया इएपी फाइनल छनोट २०२५ मा हुनेछ । आयोजक देशको टुङ्गो लाग्न बाँकी छ । नेपाल, ओमान र पपुवा न्युगिनी टी–२० विश्वकप २०२४ सहभागी हुँदा सोझै फाइनल छनोटमा स्थान बनाएका थिए ।

ईएपी क्वालिफायर ए बाट समोआ छनोट भएको छ । अव एसिया क्वालिफायर बी बाट दुई र इएपी क्वालिफायर बी बाट १ टोलीले अन्तिम फाइनल छनोटमा स्थान बनाउनेछन् ।

एसिया ईएपी फाइनल छनोटमा नेपालसहित ९ टोलीको सहभागीता रहनेछ । शीर्ष तीन टोलीले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । इएपी छनोट यस पटक देखि एसिया क्षेत्रमा गाभिएको हो । यसअघि इएपी क्षेत्रबाट पपुवा न्युगिनी छनोट हुँदै विश्वकप खेल्दै आएको थियो ।

आइसीसी टी–२० विश्वकप एसिया मलेसिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय