+
+

माधव नेपाल भन्छन् : कुन चिटमा कसको नाम छ, हेर्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १७:०६

२४ भदौ, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी छान्न भएको चुनावमा चिट बाँडिएको स्वीकार गरेका छन् । तर आफू कसैको पक्षमा नलागेको उनको दाबी छ ।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आफू पार्टी अध्यक्षको रुपमा सबैको साझा भएको बताए । पदाधिकारीमा सहमति जुटाउन नसकेपछि आफूले त पदाधिकारी नै हटाउने प्रस्ताव राखेको उनले स्मरण गरे । सबैले निर्वाचनको माग गरेपछि आफू बाध्य भएको उनले बताए ।

चिट बाँड्न समेत आफूले रोक लगाएको भएपनि चिट बाँडिएको अध्यक्ष नेपालले स्वीकार गरे । ‘सबै चिट मैले पाइसकेको पनि छैन, मागिरहेको छु । कुन–कुन चिटमा क–कसको नाम छ, हेर्छु’, उनले भने ।

तर त्यसरी बाँडिएको चिटले मात्र काम नगरेको उनको दाबी छ । ‘चिटमा नाम भएका मान्छे हारेका छन्, नाम नै नभएका मान्छे जितेका छन्’, अध्यक्ष नेपालले भने, ‘चिटले त जिताएको रहेनछ ।’

अध्यक्ष नेपालले सार्वजनिक रुपमा पार्टीको विरुद्धमा बोल्ने नेताहरुलाई छुट दिन नसकिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?