
फाइल तस्वीर
२४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्राको अक्षयकोष १५ करोड रुपैयाँ पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
इन्द्रजात्राको तयारीबारे सोमबार सरोकारवालासँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको समेत बताए ।
उनले इन्द्रजात्रासँग सरोकार विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए ।
जात्राका अवसरमा विगतमा देखिएका कमी–कमजोरी सच्याएर भव्य, सभ्य रूपमा सफल पार्न आह्वान गरे ।
इन्द्रजात्रा १ असोजका दिन मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4