
२४ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति नलिई मोटरसाइकल वर्कसप (ग्यारेज) चलाउनेलाई जरिबाना गरेको छ ।
महानगर प्रहरीको नियमित अनुगमन क्रममा वडा नम्बर १५ स्थित इब्रान रजाले अनुमतिविना नै वर्कसप सञ्चालन गरेको पाइएको थियो ।
नगर प्रहरी निरीक्षक राजन कार्कीका अनुसार महानगरपालिकाले सञ्चालक रजलाई १० हजार रुपैयाँ जरिबाना गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4