+
+

जावलाखेलमा विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १७:५६

२४ भदौ, काठमाडौं। जावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल खेसेको छ ।

फोनिक्स स्कुलका विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको हाइसमाथि बिजुलीको पोल खसेको हो ।

दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । उक्त माइक्रोबसमा १८ जना विद्यार्थी सवार थिए ।

नेपाल प्रहरी र ललितपुरको महानगर प्रहरीले पोल पन्छाएर बाटो खुलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?