+
+

गठबन्धन संस्कृतिका कारण कांग्रेसले चितवनमा धेरै पीडा भोगेको छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १८:०४

२४ भदौ, चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले निर्वाचन अगाडि हुने गठबन्धनका कारण कांग्रेसले चितवनमा धेरै पीडा भोग्नुपरेको बताएका छन् ।

कांग्रेसको चितवन जिल्ला समितिले १११औं बीपी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसलाई चुनाव अगाडिको गठबन्धनबाट बाहिर निकाल्न कांग्रेस चितवनले पीडासँगै प्रेरणासमेत दिएको बताए ।

चितवनमा कांग्रेसले उठाएको आवाज नै पार्टीको महासमिति बैठकबाट औपचारिक दस्ताबेज बन्न सकेको महामन्त्री थापाले बताए । चुनाव जित्दैमा वा सरकार बनाउँदैमा वा प्रधानमन्त्री हुँदैमा सबैथोक हो भनेर बुझ्ने कुरा बीपी कोइरालाको भावना र विचार भन्दा बाहिर रहेको भन्दै महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री हुने कुरा नै सबैथोक हो भन्ने बीपीलाई लागेको भए उहाँले राजालाई एउटा निवेदन मात्रै हालेको भए पुगेको थियो नि ।’

कांग्रेसले आगामी निर्वाचनमा आफ्नो चुनाव चिह्नबाहेक अरुमा भोट हाल्न नलगाउने पनि थापाले बताए । आगामी निर्वाचन एक्लै लड्ने भएपछि सोही अनुसारको पार्टी संगठन बनाउन लाग्नुपर्ने तर्क गर्दै उनले आफ्नै पार्टीका साथीहरुसँग जुध्न खर्च गरेको ९० प्रतिशत समय पार्टी बनाउन लाग्नुपर्ने धारणा राखे । दलभित्र पद वा जिम्मेवारी लिनका लागि प्रतिस्पर्धा स्वभाविक भए पनि त्यसलाई इगो बनाउन नहुने महामन्त्री थापाको भनाइ छ ।

कांग्रेस केन्द्रीय सदस्य एवम् स्वास्थ्यमन्त्री प्रदिप पौडेलले आगामी निर्वाचनमा एक्लै लड्न संगठनात्मक र भावनात्मक एकता बलियो बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?